२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

काठमाडौंको कोटेश्वरमा १४ वर्षीया बालिका बलात्कृत

२०७७ फागुन २ आइतबार
काठमाडौंको कोटेश्वरमा १४ वर्षीया बालिका बलात्कृत

२ फागुन, काठमाडौं । कोटेश्वरमा १४ वर्षीया बालिका शनिबार साँझ बलात्कृत भएकी छन् ।कोटेश्वरमा रहेको लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर नगरपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र मण्डललाई बालिका बलात्कारको आरोपमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

मण्डलले बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। पीडित बालिकाको मेडिकल जाँच गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।