२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

प्रमुख ब्यापारिक केरुङ नाकामा आयात-निर्यात सहज तुल्याउन नेपाली कांग्रेसको माग

२०७७ फागुन २ आइतबार
प्रमुख ब्यापारिक केरुङ नाकामा आयात-निर्यात सहज तुल्याउन नेपाली कांग्रेसको माग

२ फागुन, काठमाडौं । नेपाली काँग्रेसले उत्तरी सिमाको प्रमुख ब्यापारिक केरुङ नाकामा आयात-निर्यात सहज तुल्याउन तत्कालै पहलका लागि सरकार समक्ष माग गरेको छ ।कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै केरुङ नाकामा आयात-निर्यात सहज तुल्याउन तत्कालै पहलका लागि सरकार समक्ष माग गरेको हुन ।

विज्ञप्तिमा भनिएको छ ”चिनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो । तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सिमाको प्रमुख ब्यापारिक नाका केरुङमा नागरिक र ब्यवसायिहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेकोे हुंदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछ ।”

०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नु दुःखद भएको विज्ञप्तीमा उल्लेख गरिएको छ। यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको विज्ञप्तिमा भनिएको छ ।