२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई आजदेखि कोरोना विरुद्धको खोप लगाइँदै

२०७७ फागुन २ आइतबार
पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई आजदेखि कोरोना विरुद्धको खोप लगाइँदै

२ फागुन, काठमाडौं । सरकारले आजदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई कोरोना विरुद्धको खोप लगाउँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि ८ गतेसम्म कोेरोना विरुद्धको खोप लगाउन सुरु गरिने बताए ।

उनले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरु सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाउन भनिएको पनि बताए ।

प्रवक्ता डा.गौतमले पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालहहरुलाई पनि खोप दिइने जानकारी दिए ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई खोप लगाएको थियो। जसमा झन्डै २ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका थिए ।