तेस्रो चरणको आन्दोलन घोषणा गर्दै नेकपाका प्रचण्ड-नेपाल समूह
२०७७ फागुन २ आइतबार

२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहले प्रतिगमनविरुद्ध तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने भएको छ।
नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सदस्य विष्णु रिजालले तेस्रो चरणका आन्दोलन घोषणा गर्ने जानकारी दिए ।
दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरि संघर्षको कार्यक्रम घोषणा गर्न लागेको हो।