२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

नेपालमा थप १२७ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

२०७७ माघ ३० शुक्रबार
नेपालमा थप १२७ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

३० माघ, काठमाडौं । नेपालमा शुक्रबार थप १२७ जनामा कोरोना पुष्टि एको छ । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु हुँदा हालसम्म नेपालमा दुई हजार ५४ जनाले कोरोनाक कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १३६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २ लाख ६८ हजार ७९६ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल १७ सय ७ जना आइशोलेशनमा र ७९ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख ११ हजार ६४९ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।