मौसम ः सुदुरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली
२०७७ माघ ३० शुक्रबार

३० माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको सुदुरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली हुने जनाएको छ ।
देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेका कारण देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
माघ ३० गते शुक्रबारको मौसम पुुर्वानुमान यस्तो छ
दिउँसो ः देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।