जनता समाजवादी पार्टीका नेता हवारी नेकपा ओली समूहमा प्रवेश
२०७७ माघ ३० शुक्रबार

३० माघ, काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ नेपालका नेता इस्लाम हवारी नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।
जसपा स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज रहेका पर्साका हवारी बालुवाटारमा आज विहान नेकपा ओली समूहमा प्रवेश गरेका हुन् ।
उनलाई प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन ।