नेकपा नेतृ रामकुमारी झाँक्रीको घरमा प्रहरी पुगेपछि नाराबाजी
२०७७ माघ २९ बिहीबार

२९ माघ, काठमाण्डौं । राष्ट्रपतिको अवहेलना गरेको भन्दै पक्राउ गर्न प्रहरी पुगेपछि नेकपा नेतृ रामकुमारी झाँक्रीको घरमै नाराबाजी शुरू भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो।
तर, उनी नगएपछि पक्राउ गर्न प्रहरी संखमुलस्थित निवासमै पुगेको छ। शंखमूलस्थित घरको प्रांगणमा नाराबाजी गरिरहेका छन् ।