२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

मौसम ः उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

२०७७ माघ २९ बिहीबार
मौसम ः उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

२९ माघ, काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू-भागमा बिहानपख हुस्सुरकुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने महाशाखाको मौसम बुलेटिनमा उल्लेख गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

माघ २९ गते (बिहीबार)

दिउँसो ः बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ३० गते (शुक्रबार)

दिउँसो ः देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन ०१ गते (शनिबार)

दिउँसो ः देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।