२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढायो

२०७७ माघ २९ बिहीबार
सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढायो

२९ माघ, काठमाडौं । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
हिजो राति १२ बजेदेखि लागू हुने गरी ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाइएको हो ।

पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्यासमा २५ रूपैया बढाइएको छ । हवाई इन्धनको मूल्य भने हाललाई यथावत नै राखिएको छ ।