२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

नेपालमा थप १६० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

२०७७ माघ २७ मङ्गलबार
नेपालमा थप १६० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

२७ माघ, काठमाडौं । नेपालका मंगलबार थप १६० जनामा कोरोना पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने हालसम्म २ हजार ४७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै १६५ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ६८ हजार ४३१ जना कोरोनामुक्त भएका छन् ।