२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

नायिका करिश्मा मानन्धरलाई महानायिकाको उपाधि

२०७७ माघ २७ मङ्गलबार
नायिका करिश्मा मानन्धरलाई महानायिकाको उपाधि

२७ माघ, काठमाडौं । आरके इन्टरटेनमेन्टले बीसौं वार्षिकोत्सवको अवसरमा नायिका करिश्मा मानन्धरलाई महानायिका उपाधि प्रदान गरेको छ। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमालले महानायिका देखिने स्यासे र क्राउन लगाइदिएका थिए।

२०४५ सालमा चलचित्र ‘सन्तान’बाट नायिकाको रूपमा यात्रा गरेकी उनले नेपाली चलचित्र जगतमा राम्रो छवि कमाएकी छन् । उक्त समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा लगायतलाई राष्टिय सम्मान प्रदान गरिएको थियो ।