२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

हातहतियारसहित तीन जना पक्राउ

२०७७ माघ २७ मङ्गलबार
हातहतियारसहित तीन जना पक्राउ

२७ माघ, काठमडौं। रोल्पा नगरपालिका-१० धाङसीखोलाबाट प्रहरीले दुई थान भरूवा बन्दुक, फलामका टुक्रा, बारूद र एक थान खुकुरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँस्थित चिउरीडाँडा बस्‍ने २५ वर्षीय प्रकाश बुढा र ३९ वर्षीय नरबहादुर घर्ति रहेका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पा र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई हतियारसहित फेला पारी पक्राउ गरेको हो।

स्याङ्जाको हरीनास गाउँपालिका-३ वलाम्दी बस्‍ने ४० वर्षीय तुलबहादुर रानालाई एक थान अवैध भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।