२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

दुइ चरणमा निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

२०७७ माघ २७ मङ्गलबार
दुइ चरणमा निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

२७ माघ, काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा दुइ चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

सोमबार (हिजो) बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो।

यस्तै वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो।