महेन्द्रनगरमा भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन
२०७७ माघ २६ सोमबार

२६ माघ, कञ्चनपुर । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाहीको दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै आज बिहान विद्यार्थीले प्रदर्शन गरेका छन् ।
घटनाका दोषी पत्ता लगाएर कारवाहीको दायरामा ल्याउन माग गर्दै बालजागृति कलेजका विद्यार्थीले प्रदर्शन गरेका हुन् । विद्यालयबाट घर फर्किरहेकी किशोरी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ ।