उत्तर भारतमा नंदादेवी हिमनदी फुट्दा ११ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता
२०७७ माघ २६ सोमबार

२६ माघ, काठमाडौं । उत्तर भारतमा नंदादेवी हिमनदी हिजो फुट्दा आएको बाढीका कारण ११ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी बेपत्ता भएका छन्।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले अहिलेसम्म ११ शव भेटिएको र २०३ जना हराइरहेको जानकारी दिएका छन्। यससँगै नदीको तटीय क्षेत्रका मानिसहरुलाई सजग रहन आग्रह गरिएको छ । सरकारले तटीय क्षेत्रमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सार्न सुझाव दिएको छ ।