२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

कतार भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी युवा ब्याट्सम्यान दीपेन्द्रले गर्ने

२०७७ माघ १८ आइतबार
कतार भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी युवा ब्याट्सम्यान दीपेन्द्रले गर्ने

१८ माघ, काठमाडौं । कतार भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन् । नेपालले कतारसँग तीन खेलको टि२० आई सिरिज खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजका लागि शुक्रबार १८ सदस्यीय टोली घोषणा गरेको थियो । नियमित कप्तान ज्ञानेन्द्र मल्ल सुरुवाती १८ सदस्य टोलीमा छैनन् ।

अनुभवी ब्याट्सम्यान शरद भेषावकर, स्पिनर वसन्त रेग्मी, पारस खड्का, आरिफ शेख, सुशन भारी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी लगायतका अधिकांश पहिलो रोजाईका खेलाडी कतार भ्रमणमा जाने छैनन् । दीपेन्द्र भन्दा सिनियर खेलाडीमा विकेटकिपर विनोद भण्डारी, तीव्र गतिका बलर सोमपाल कामी र करण केसी भएपनि क्यानले दीपेन्द्रलाईनै कप्तानी दिने भएको छ ।