२०७७ माघ ११ आइतबार १२ : २२ : ४०

सर्वोच्च अदालतलाई मात्रै संविधानको अन्तिम व्याख्या गर्ने अधिकार छ ः चन्द्र भण्डारी

२०७७ पौष २७ सोमबार
सर्वोच्च अदालतलाई मात्रै संविधानको अन्तिम व्याख्या गर्ने अधिकार छ ः चन्द्र भण्डारी

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन । आज रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने बताए ।

उनले संसद् पुनःस्थापना हुने–नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसाथ गर्नुपर्ने बताए । नेता भण्डारीले सर्वोच्चमा विचाराधीन रहेको विषयमा पूर्वप्रधानन्याधीशले बोल्नु पनि गलत भएको टिप्पणी गरे । विधिको शासन र व्यवस्थाप्रति विश्वास गर्नेले नै संसद् विघटनका बारेमा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेका विषयमा बोल्नु गलत भएको उनको भनाई छ ।