२०७७ माघ ११ आइतबार १२ : २२ : ४०

नेकपा प्रचण्ड–नेपाल पक्ष निर्वाचनसम्बन्धी सवै कार्यक्रम रोक्न निर्वाचन आयोगमा

२०७७ पौष २७ सोमबार
नेकपा प्रचण्ड–नेपाल पक्ष निर्वाचनसम्बन्धी सवै कार्यक्रम रोक्न निर्वाचन आयोगमा

२७ पुस, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले निर्वाचनसम्बन्धी सवै कार्यक्रमलाई रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । प्रचण्ड–नेपाल पक्षका शिर्ष नेताहरु आयोग पुगि संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले तत्काल निर्वाचन सम्बन्धी गतिविधि रोक्न आयोगको ध्यानाकर्षण गराएको हो ।

अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले निर्वाचन सम्बन्धी गतिविधि गर्दा मुद्दा प्रभावित हुने भन्दै आफूहरुले त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको नेता लिलामणि पोखरेलले जानकारी दिएका छन । निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने, स्थायी मतदान केन्द्रमा तयारी गर्ने लगाएतका काम गरिरहेको भन्दै आफुहले सवै प्रकारका निर्वाचन केन्द्रीत कार्य रोक्न ध्यानाकर्षण गराएको उनले बताए ।

सरकारले निर्वाचनको मिति तय गरेपछि आयोगले मतदाता नामावली अध्यावधिक गर्ने तथा स्थायी प्रकृतिका मतदान केन्द्रहरुबारे काम गरिरहेको छ । यसले मुद्दा प्रभावित हुने भएकाले आफूहरुले रोक्न आग्रह गरेको र निर्वाचन आयोगले पनि तत्काल ती काम रोक्ने आश्वाशन दिएको नेता पोखरेलले जानकारी दिए । यस्तै सो पक्षले नेकपा सम्बन्धी आयोगका रहेका सम्पूर्ण कागजातको प्रतिलिपि पनि माग गरेको छ ।