नेविसंघको उल्टो हिँडेर संसद विघटनको विरोध
२०७७ पौष २४ शुक्रबार

२४ पुस, काठमाडौं । नेविसंघले काठमाडौंमा उल्टो हिँडेर संसद विघटनको विरोध जनाएको छ ।
माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो हिँड्दै बानेश्वरसम्म आइपुगेका छन् । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए ।