२०७७ माघ ११ आइतबार १२ : २२ : ४०

संबिधानले प्रतिनिधी सभा बिघटनको अधिकार कसैलाई पनि दिएको छैन ः नारायणकाजी श्रेष्ठ

२०७७ पौष २४ शुक्रबार
संबिधानले प्रतिनिधी सभा बिघटनको अधिकार कसैलाई पनि दिएको छैन ः नारायणकाजी श्रेष्ठ

२४ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेपालको संबिधान २०७२ को कुनै पनि धाराले प्रधानमन्त्रीलाई प्रतिनिधी सभा बिघटन गर्ने अधिकार नदिएको बताएका छन् ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै श्रेष्ठले नेपालको संबिधानले प्रधानमन्त्रीलाई प्रतिनिधी सभा बिघटन गर्ने कुनै पनि अधिकार नदिएको भन्दै प्रधानमन्त्रीले देशलाई प्रतिगमनतिर लग्न खोजेको आरोप लगाए ।

उनले भने “ प्रतिनिधी सभा बिघटन गर्ने अधिकार कसैलाई पनि संबिधानले दिएको छैन । यदि संबिधानको धारा ७२ अनुसार सरकार निमार्ण हुन नसके प्रतिनिधी सभा स्वत बिघटन हुन्छ ।प्रधानमन्त्रीले बिश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधी सभा बिघटन हुने र छ महिना भित्र निर्बाचन हुने प्रावधान संबिधानमा छ । ”