सुनको भाउ घट्यो
२०७७ पौष २४ शुक्रबार

२४ पुस, काठमाडौं । आज पनि सुनको भाउ घटेको छ । हिजो बिहीबार तोलामा १३ सयले घटेको सुनको भाउ आज तोलामा १ सय रूपैयाले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ९५ हजार ३ सय रूपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रूपैयामा कारोबार भइरहेको छ ।
चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय रूपैयामा कारोबार भइरहेको छ ।