२०७७ माघ ११ आइतबार १२ : २२ : ४०

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

२०७७ पौष २१ मङ्गलबार
टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

२१ पुस, काठमाडौं । झापाको कन्काई नगरपालिका-५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ ।

सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक झापा गाउँपालिका-३ का १९ बर्षीय सागर लिम्बुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।