ताेलामा ११ सयले बढ्याे सुनकाे भाउ
२०७७ पौष २१ मङ्गलबार

२१ पुस, काठमाडौं । हिजाे साेमबार ८ सयले बढेकाे सुनकाे भाउ आज मंगलबार ताेलामा ११ सयले बढेकाे छ ।
साेमबार तोलाकाे ९५ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे छापावाला सुनकाे भाउ आज मंगलबार ताेलामा ११ सय रूपैयाले बढेकाे छ ।
आज छापावाला सुनकाे भाउ ताेलाकाे ९६ हजार ४ सय रूपैयामा काराेबार भइरहेकाे नेपाल सुन चाँदी महासंघले जानकारी दिएकाे छ ।
यस्तै तेजावी सुन प्रतिताेला ९५ हजार ९ सय रूपैयामा काराेबार भइरहेकाे छ ।
आज मंगलबार चाँदीकाे भाउ पनि ताेलामा १० रूपैयाले बढेकाे छ । आज चाँदी प्रतिताेला १ हजार ३ सय ३५ रूपैयामा काराेबार भइरहेकाे छ ।