२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

बैशाखमा निर्वाचन हुन्छ, भ्रमको पछि नलाग्नुहोस् ः प्रधानमन्त्री ओली

२०७७ पौष १९ आइतबार
बैशाखमा निर्वाचन हुन्छ, भ्रमको पछि नलाग्नुहोस् ः प्रधानमन्त्री ओली

१९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन्।

आइतबार काठमाडौंमा आफ्नो समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै हालतमा संसद पुनर्स्थापना नहुने र बैशाखमा प्रतिनिधि सभाको निर्वाचन हुने दाबी गरेका हुन । भ्रममा नपर्न आग्रह गर्दै उनले भने, ‘चुनाव वैशाख १७ र २७ गते हुन्छ ।’