२०७७ माघ ११ आइतबार १२ : २२ : ४०

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

२०७७ पौष १९ आइतबार
बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

१९ पुस, काठमाडौं । मोरङको उर्लावारी नगरपालिका-४ आईतवारेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ ।

शनिवार अपरान्ह पौने ५ बजेको समयमा  १ ख ६२७८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका(४ का ३२ बर्षीय प्रदिप कार्कीको उपचारको क्रममा उर्लावारीको अरनिको अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।मोटरसईकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।