आज (आइतबार) सुनचाँदीको भाउ स्थिर
२०७७ पौष १९ आइतबार

१९ पुस, काठमाडौं। साताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुन र चाँदीको कारोबार हुने भएको हो।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ तोकिएको छ। यसैगरी, तेजाबी सुनको भाउ ९४ हजार कायम छ।
सुनको मूल्य स्थिर कायम भएको दिन चाँदीको मूल्य पनि स्थिर छ। महासंघले आजका लागि चाँदीको प्रतितोला मूल्य एक हजार ३०० रूपैयाँ तोकेको छ।