राष्ट्रपति र प्रधानमन्त्रीको दुई घण्टा भेटवार्ता
२०७७ मंसिर १८ बिहीबार

१८ मंसिर, काठमाडौं । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसित करिब दुई घण्टा भेटवार्ता गरेका छन् ।
मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेर फर्किएका हुन् ।
प्रधानमन्त्री ओली खाना खाने गरी शितल निवास पुगेका थिए । उनी दुई घण्टा बढी समय राष्ट्रपतिसित छलफल गरेर फर्किएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।
मन्त्रिपरिषद बैठकअघि भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टी विवाद उत्कर्षमा पुगिरहेका बेला भएको भेटपछि बस्ने मन्त्रिपरिषद बैठकले कुनै बोल्ड निर्णय गर्ने सम्भावना छ ।