२०७७ माघ ११ आइतबार १२ : २२ : ४०

वडा अध्यक्षको बिशेष पहलमा स्वाथ्य सामाग्री सहयोग

२०७७ मंसिर १८ बिहीबार
वडा अध्यक्षको बिशेष पहलमा स्वाथ्य सामाग्री सहयोग

१८ मङ्सिर, गोरखा । वडा अध्यक्ष शरण श्रेष्ठको बिशेष पहल र समन्नयमा शहिद लखन गाउँपालिका वडा-७ बुङकोट स्वाथ्य चौकी लाई स्वाथ्य सामाग्रीहरु सहयोग प्रदान भएको छ ।

स्वाथ्य सामाग्री हस्तान्तरण कार्यक्रम वडा अध्यक्ष एवम बुङकोट स्वाथ्य चौकी ब्यबस्थापन समितीको अध्क्षय शरण श्रेष्ठ अध्यक्षता , गाउँपालिका अध्यक्ष रमेश बाबु थापाको प्रमुख आतिथ्यतामा, उपाध्क्षय इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जिवन बहादुर आले, वडा अध्क्षय काशिनाथ अंगाई, सहयोगीदाता सम्भव नेपालका संस्थापक अध्यक्ष , पर्यटन ब्यबसायी एवम नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि प्रेम खत्री, स्थानीय सहयोगीदाता एवम उहाँहरुको अविभावकहरु, वडा सदस्यहरु, स्वाथ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठ, बुङकोट स्वाथ्य चौकी प्रमुख बिमला पुलामी, कर्मचारीहरु, राजनितीक दल, बुद्धिजीबी, समाजसेबी, महिला स्वयमसेवीकाहरुको उपस्थिती रहेको थियो ।

आरुघाट गाउँपालिका वडा-८ निवासी हाल काठमाडौ बसोबास गर्दै आउनु भएको सम्भव नेपालका संस्थापक अध्यक्ष , पर्यटन ब्यवसायी एवम नेपाली काँग्रेस महाधिबेश प्रतिनिधी प्रेम खत्रीले स्वाथ्य सामाग्री खरीद गर्नेको लागी रु ४,८५,६६५/ सहयोग गर्नु भएको थियो ।