अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन
२०७७ मंसिर ११ बिहीबार

१० मंसिर, काठमाडौं । अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ब्रेनको सर्जरी गरेको दुई साता नबित्दै हृदयघातबाट उनको निधन भएको हो।
विश्वकै चर्चित फुटबलरका रूपमा हेरिने म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो ।