२०७७ माघ ९ शुक्रबार १२ : २२ : ४०

राज्यले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेद सहदैनः प्रधानमन्त्री ओली

२०७७ मंसिर १० बुधबार
राज्यले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेद सहदैनः प्रधानमन्त्री ओली

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेदलाई राज्यले सहन नसक्ने बताएका छन ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानले लैङ्गिकलगायत सम्पूर्ण क्षेत्रमा समानताको सिद्धान्त आत्मसात् गरेकाले लैङ्गिक हिंसा तथा विभेदलाई राज्यले सहन नसक्ने बताएका हुन ।

उनले राज्यसँग उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी महिलाको जीवनस्तर माथि उठाई समृद्ध समाज निर्माण र तिनको अधिकार सुरक्षित गर्न सरकार अग्रसर रहेको बताए ।

उनले सङ्घीय संरचनानुसार तीनै तहका सरकारलाई लैङ्गिक हिंसाविरूद्धका कानूनी तथा संस्थागत व्यवस्थालाई संस्थागत गरी संवेदनशील र महत्वका साथ अगाडि बढाउन आग्रह गरेका छन ।

आज अर्थात नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वभरि चलाइएको छ । नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ सो अभियान बुधबारबाट सुरु भएको छ ।