२०७७ माघ ९ शुक्रबार १२ : २२ : ४०

बालिका हत्या प्रकरण: बर्दिवासमा निषेधाज्ञा लागू

२०७७ मंसिर १० बुधबार
बालिका हत्या प्रकरण: बर्दिवासमा निषेधाज्ञा लागू

१० मंसिर, काठमाडौं । प्रहरीको गोली लागेर घाइते भएका बर्दिवास-१ का बुद्धिराज न्यौपानेको ज्यान गएपछि आन्दोलन चर्किएपछि बर्दिवासमा निषेधाज्ञा जारी गरिएकाे छ ।

जिल्ला प्रशासन महाेत्तरीका अनुसार बिहान ९ बजेदेखि लागू हुने भाेली विहान ६ बजेसम्मका लागी निषेधाज्ञा जारी गरिएकाे हाे ।

गाेली लागेर घाइते भएका न्याैपानेलाइ उपचारका लागी हेलिकोप्टरबाट काठमाण्डाै लगिएका थियाे । उनकाे उपचारका क्रममा मृत्यु भएकाे थियाे ।

बर्दिवासमा ६ बर्षकी बालिकाकाे बलात्कार पछि हत्या भएपछि पछि कारबाहीकाे माग गर्दै त्यहाँ
आन्दोलन चर्किएकाे थियाे ।