२०७७ माघ ११ आइतबार १२ : २२ : ४०

आज हरिबोधनी एकादशी

२०७७ मंसिर १० बुधबार
आज हरिबोधनी एकादशी

१० मंसिर, काठमाडौं । आज हरिबोधनी एकादशी मनाइदैछ । हरिबोधिनी एकादशीलाइ सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी मान्ने गरिन्छ ।

ठूली एकादशीमा गृहिणीहरूले घर आँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् ।

तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता,रातो,पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।

भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् ।

भीष्मपञ्चक भरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चार नारायण -चाँगु, विशङ्खु, इचङ्गु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ ।