२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

नेपाल प्रहरीमा ३३ एसएसपीको सरूवा

२०७७ मंसिर ५ शुक्रबार
नेपाल प्रहरीमा ३३ एसएसपीको सरूवा

५ मंसिर, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा ३३ जना एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) को सरूवा गरिएको छ । मन्त्रालयको शुक्रबारको निर्णयअनुसार उनीहरूको सरूवा गरिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंहलाई ल्याइएको छ भने ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका छन् ।

काठमाडौं परिसर प्रमुख रहेका श्यामप्रसाद ज्ञवालीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गतको अपराध नियन्त्रण महाशाखामा सरूवा भएको छ ।