२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

सन् २०२३ को फेब्रुअरीमा महिला ट्वान्टी ट्वान्टी विश्वकप हुने

२०७७ मंसिर ५ शुक्रबार
सन् २०२३ को फेब्रुअरीमा महिला ट्वान्टी ट्वान्टी विश्वकप हुने

५ मंसिर, काठमाण्डौ । महिला ट्वान्टी ट्वान्टी विश्वकप सन् २०२३ को फेब्रुअरीमा हुने भएको छ । दक्षिण अफ्रिकामा सन् २०२२ मा हुने भनिएको महिला विश्वकप कोरोना महामारीका कारण सारिएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकले महिला विश्वकप २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म गर्ने निर्णय गरेको हो । सन् २०२० को महिला विश्वकपमा भारतलाई हराएर अष्ट्रेलिया च्याम्पियन बनेको थियो ।