२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

शुक्रबार सुनको भाउ ४ सय रूपैयाले घट्यो

२०७७ मंसिर ५ शुक्रबार
शुक्रबार सुनको भाउ ४ सय रूपैयाले घट्यो

५ मंसिर, काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । बिहीबार ९४ हजार ४ सय रूपैयामा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रूपैया घटेर तोलाको ९४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रूपैयामा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय १० रूपैयमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार २ सय १५ रूपैयामा कारोबार भएको थियो ।