२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

अस्ताउँदै गरेको सूर्य भगवानलाई अघ्र्य दिएर छठ पर्व मनाइँदै

२०७७ मंसिर ५ शुक्रबार
अस्ताउँदै गरेको सूर्य भगवानलाई अघ्र्य दिएर छठ पर्व मनाइँदै

५ मंसिर, काठमाडौं । तराई मधेसबासीको बडो श्रद्धा, भक्ति तथा साझा संस्कृतीको रुपमा रहेको छठ पर्व आज अस्ताउँदै गरेको सूर्य भगवानलाई अघ्र्य दिएर मनाइँदै छ । चार दिन सम्म मनाइँने यस कठिन छठ पर्व भोली (शनिवार) उदाउँदै गरेको सूर्य भगवानलाई अघ्र्य दिए पश्चात सम्पन्न हुँने छ ।

तर , कोभिड–१९ कोरोनाको कहरका कारण यस वर्षको सम्पूर्ण चार्ड पर्व भने प्रभावित बनेको छ । कोरोना कहर नियन्त्रण कै लागि मुलुकको जिल्ला प्रशासनले नदि , ताल तलैया लगायतका जलासयमा छठ पर्व नमाई आ–आफ्नों घर मैं पर्व मनाउँन आग्रह गरेको छ ।

छठ पर्वको पहिलो दिन बुधवार नुहाई धुवाई गरी चोखो भएर मिठा परिकारहरु खाने तथा दोस्रो दिन बिहिवार रसिआव रोटी खाई तेस्रो दिन अस्ताउँदै गरेको सूर्य भगवानलाई अर्घ दिईएको छ । शनिवार भोली भने बिहान उदाउँदै गरेको सूर्य भगवानलाई अर्घ दिएर समापन हने छ ।

सत्य र अहिंसा प्रति सहानु भुति राख्न अभिप्रेरित गर्ने तराई मधेसबासीको चार्ड छठ पर्व सबै जातजाती, भाषा भाषीले साझा रुपमा मनाउँने गर्दछन् । सूर्य उपहासना परम्पराको मोहक पद्दति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदै र उदाउँदै गरेको सूर्यलाई अध्र्य दिने गरिन्छ ।छठ पर्व सुख, शान्ति, समृद्धि, पुत्र प्राप्ति तथा मनोकमना पुर्तिका लागि गर्ने गरिएको धार्मिक आस्था रहेको छ ।