२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

न्यायपालिकाका रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने

२०७७ मंसिर ४ बिहीबार
न्यायपालिकाका रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने

४ मंसिर, काठमाडौं । न्यायपालिकाका रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ । मंसिर ८ र ९ गते भर्चुअल प्रविधिका माध्यमबाट सम्मेलन हुने भएको हो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायपालिकाका विभिन्न पाँच व्यवस्थापकीय आयामहरुमा कार्यपत्र प्रस्तुत गरी छलफल हुने कार्यक्रम तय भएको छ ।

सम्मेलनको छलफल सत्रमा उच्च अदालतका रजिस्ट्रार तथा अन्य अदालत, न्यायाधीकरण र जिल्ला अदालतका रजिस्ट्रार, स्रेस्तेदार तथा तहसिलदारहरुको अदालत व्यवस्थापन तथा फैसला कार्यान्वयनमा नेतृत्वदायी भूमिका रहने भएकाले प्रशासकीय नेतृत्वको भूमिका र दायित्वका विषयमा देखिएका समस्या र त्यस्ता समस्याको समाधान पहिल्याउने र मार्गनिर्देश गर्ने उद्देश्यले अदालत व्यवस्थापनको प्रभावकारीता, नेतृत्वको भूमिका र दायित्वको विषय समावेश गरिएको छ ।