२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

बिहीबार सुनको भाउ तोलामा ७ सय रूपैयाले घट्यो

२०७७ मंसिर ४ बिहीबार
बिहीबार सुनको भाउ तोलामा ७ सय रूपैयाले घट्यो

४ मंसिर, काठमाडौं । बिहीबार (आज) सुनको भाउ घटेको छ । बुधबार ९५ हजार १ सय रूपैयामा कारोबार भएको छापावाला सुन आज बिहीबार तोलामा ७ सय रूपैया घटेर तोलाको ९४ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ९ सय रूपैयामा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय १५ रूपैयमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार २ सय ३० रूपैयामा कारोबार भएको थियो ।