२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

२०७७ मंसिर २ मङ्गलबार
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

२ मंसिर, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका-२ बस्ने हुम्ला ताजाकोट गाउँपालिका-२ का २३ वर्षीय युवक पक्राउ परेका छन् ।

प्रहरीले अनुसन्धानका लागि सूर्जवीर लोहारलाई नियन्त्रणमा लिएको हो । लोहारले बालिका बलात्कार गरेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले लोहारलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।