२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

निष्ठा र कठोर ब्रत लिएर मनाइने छठ पर्व सुरु

२०७७ मंसिर २ मङ्गलबार
निष्ठा र कठोर ब्रत लिएर मनाइने छठ पर्व सुरु

२ मंसिर, काठमाडौं । निष्ठा र कठोर ब्रत लिएर मनाइने हिन्दु धर्मावलम्बीहरुको साझा सांस्कृतीक प्रतिविम्बको चाड छठ पर्व विधिवत सुरु भएको छ ।

छठअन्तर्गत बिहीबार पहिलो दिन ‘नहाय-खाय’ विधि गरिन्छ । छठ पर्वको दोश्रो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने तेश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै चौथो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गर्छन् भने पाँचौ दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ ।