२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा भेटघाट

२०७७ कातिर्क ३० आइतबार
सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा भेटघाट

३० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले  वरिष्ठ नेता माधवकुमार नेपालसँग करिब ४ घण्टा लामो छलफल गरेका छन्।

पार्टीभित्र चुलिएको विवादमा सचिवालयका नेताहरूलाई आफ्नो पक्षमा उभ्याउने कोशिश गर्न प्रधामन्त्री ओलीले शुक्रबार राष्ट्रपतिसँग भेट गरेका थिए भने आइतबार बिहान पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेका थिए। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा एकल दस्तावेज ल्याएको भन्दै ओलीले फिर्ता गराउन पूर्वएमालेका नेताहरूलाई फकाउने कोसिस गरिरहेका छन्।

स्रोतका अनुसार ओलीले नेता नेपालसँग आजको भेटमा दाहालले पेस गरेको राजनीतिक दस्तावेज फिर्ता लिन आग्रह गरेका थिए। साथै ओलीले नेपालसँग आफूसँग सहकार्य गर्न त्यसका लागि के गर्नुपर्ने हो तयार रहेको बताएका थिए। तर नेता नेपालले भने उक्त प्रस्ताव दाहाल एक्लैको वा आफ्नो र दाहालको मात्रै नभएर सचिवालयका पाँचै जनाको भएकाले फिर्ता गर्न नसकिने जवाफ दिएका छन्।