२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

तिहारको चौथो दिन आज गाई र गोरु तिहार मनाइँदै

२०७७ कातिर्क ३० आइतबार
तिहारको चौथो दिन आज गाई र गोरु तिहार मनाइँदै

३० कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेका छ ।

गाईको पूजा गरी आजका दिन मीठा-मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ ।