२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन मनाइदै

२०७७ कातिर्क २९ शनिवार
कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन मनाइदै

२९ कात्तिक, काठमाडौं । आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन मनाइदै छ । तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिले बताएको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा कुकुर तिहार मनाइएको हो ।

आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

आजै साँझ धन धान्य र सम्पन्नताकी देवी लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ।

साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरि लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ। लक्ष्मी धनकी देवीलाई भनिन्छ ।