२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

कागको पूजा गरी आज काग तिहार मनाइँदै

२०७७ कातिर्क २८ शुक्रबार
कागको पूजा गरी आज काग तिहार मनाइँदै

२८ कात्तिक, काठमाडौं । आज कागको पूजा गरी काग तिहार मनाइँदै छ ।काग तिहार वा कागपूजा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन हो । यस दिन कागको पूजा गर्ने गरिन्छ ।

काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ ।

कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रीय भक्त पनि मानिन्छ ।