२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा- कमल थापा

२०७७ कातिर्क १४ शुक्रबार
नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा- कमल थापा

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् ।

सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय केन्द्रको प्रतिस्पर्धास्थल बन्न लागेको थापाले बताएका हुन् ।

‘भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदुरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो, ‘तर सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका अकर्मण्यता र गलत नीतिको परिणास्वरुप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ ।’ थापाले ट्विटरमा लेखेका छन् ।