२०७७ मंसिर १२ शुक्रबार १२ : २२ : ४०

गण्डकी प्रदेशमा थप ९८ जनामा कोरोना पुष्टि

२०७७ कातिर्क १४ शुक्रबार
गण्डकी प्रदेशमा थप ९८ जनामा कोरोना पुष्टि

१४ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशमा थप ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ६० जना, नवलपरासी बर्दघाट सुदूरपूर्वमा २२ जना, तनहुँमा ८, स्याङ्जामा ३ जना, लमजुङ र गोरखामा २/२ तथा पर्वतमा एक जना रहेका छन ।

याे सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७१४५ पुगेको छ ।