२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

विप्लवका कम्पनी कमिसारसहित दुई जना पक्राउ

२०७७ कातिर्क १३ बिहीबार
विप्लवका कम्पनी कमिसारसहित दुई जना पक्राउ

१३ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेकपाका कम्पनी कमिसारसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मिक्लाजुङ गाउँपालिका-१ रमितेबाट विभिन्न हातहतियार सहित उनिहरूलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

उनीहरुबाट १ थान एकनाले भरुवा बन्दुक, ३५ थान ईलेक्ट्रिक डेटोनेटर, १८ थान ननईलेक्ट्रिक डेटोनेटर, करिब २ किलो जिलेटिङ, १ थान सुतली बम, १ थान टुकी बम, १ थान १२ भोल्ट ब्याट्री र करिब ५० मिटर बिजुलीको तार बरामद भएको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुले लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।