२०७७ मंसिर १२ शुक्रबार १२ : २२ : ४०

सरकारी कार्यालय खुले पनि कर्मचारी तथा सेवाग्राहीकाे उपस्थिति न्यून

२०७७ कातिर्क १३ बिहीबार
सरकारी कार्यालय खुले पनि कर्मचारी तथा सेवाग्राहीकाे उपस्थिति न्यून

१३ कात्तिक, काठमाडौं । दसैँको बिदाका कारण बन्द भएका सरकारी कार्यालय बुधबारदेखि खुलेका छन् ।

दशैंको पाँच दिने सरकारी विदा सकिएसंगै बुधबारबाट सरकारी तथा निजी कार्यालयहरु खुलेका हुन । बडादसैको फुलपातीदेखि एकादशीसम्म ५ दिन सरकारी कार्यालयहरु बन्द थिए ।

दसैँ बिदापछि सरकारी कार्यालय खुले पनि कर्मचारीको उपस्थिति न्यून देखिन्छ । दसैँ बिदापछि पहिलो दिन भएकाले पनि कर्मचारीको चहलपहल कम भएको हो । टाढा रहेका कर्मचारी तथा सेवाग्राही पनि फर्कने क्रममा रहेकाले सामान्य बन्न अझै एक दुई दिन लाग्ने बताइएको छ ।

केहि सरकारी कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयहरु दसै बिदा सकिएपनि सूचना टाँस गरेर बन्द गरिएको छ । त्यस्तै दसैँमा बन्द रहेका सरकारी कार्यालय खुलेपनि सेवा लिने सेवाग्राहीको संख्या पनि न्यून देखिएको छ ।

दसैँमा सुनसान बनेको उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । उपत्यकामा सबैखाले सवारीसाधन बाक्लो रुपमा चलेका छन् । सर्वसाधारणको आवतजावत बाक्लो देखिन्छ ।