२०७७ मंसिर १२ शुक्रबार १२ : २२ : ४०

ललितपुर नगर प्रहरीलाई नयाँ पोशाक प्रदान

२०७७ कातिर्क ४ मङ्गलबार
ललितपुर नगर प्रहरीलाई नयाँ पोशाक प्रदान

४ असोज, ललितपुर । ललितपुर महानगरपालिका अन्तर्गतको नगर प्रहरीलाई नयाँ पोशाक प्रदान गरिएको छ ।

यस अघि कायम पोशाकलाई परिवर्तन गर्दै महानगरले नयाँ पोशाक प्रदान गरेको हो । नागरिकले नगर प्रहरीलाई हेर्ने दृष्टिकोण बदल्नका लागि पोशाक परिवर्तन गरिएको महानगरले जनाएको छ ।

यस अघिको पोशाकलाई परिवर्तन गर्दै अहिले पि–क्याप र टाइ, बेल्डसहितको खाकी रङको पोशाक बनाइएको छ । कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले नगरलाई स्मार्ट सिटीको रुपमा अघि बढाउन सवैको साथ सहयोगको अपेक्षा गरे ।

ललितपुरमा नगर प्रहरी प्रमुख सिताराम हाछेथुको नेतृत्वमा ७२ जना नगर प्रहरी कार्यरत छन् ।